
कोरोना भाइरसको कारण एक जापानी अभिनेत्रीको ज्यान गुमाएकी छिन् । कोरोना भारइसको संक्रमणबाट अभिनेत्री कुमिको ओकाएको ज्यान गएको हो ।
कोरोनाको संक्रमण देखिएपछि टोकियोमा रहेको एक अस्पतालमा उपचार गराइरहेकी ६३ वर्षीया कुमिको ओकाएको बिहीबार ज्यान गएको हो ।
कुमिको ओकाएको निधन भएको उनका श्रीमान् बाकु ओवादा र छोरी मिहो ओवादाले पुष्टि गरेका हुन् । ओवादाका अनुसार उनको बिहीबार बिहान ५ बजेर २० मिनेटमा मृत्यु भएको हो ।
बिहिबार बेलुकासम्म जापानमा ११ हजार ९ सय ५० जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये २ सय ९९ जनाको निधन भएको छ भने १ हजार ४ सय २४ जना निको भएर फर्केका छन् ।
अहिले जापानका विभिन्न अस्पतालहरुमा १० हजार २ सय २७ जनाले उपचार गराइरहेका छन् जसमध्ये २ सय २४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।