
काठमाडौं । स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि भक्तपुरकाे गठ्ठाघर क्षेत्रमा घर जानेको भीड लागेको छ ।
लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिँडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफैं सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् ।
मंगलबार गठ्ठाघरमा घर जाने मानिसहरुको भिड लागेको छ भने स्थानीय तह र जनप्रतिनिधिहरुले सवारी साधनको व्यवस्था गरेका छन् ।
मानिसहरु आफ्नो क्षेत्रमा जानका लागि सवारीसाधनको प्रतिक्षा गरिरहेका देखिन्छन् ।
लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको संख्या बढ्दै गएको थियो । तर यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफै सावारीसाधनको व्यवस्थापन गरेर मानिसहरुलाई गन्तब्य सम्म लैजाने व्यवस्था मिलाएका हुन् ।