
५ बैशाख काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज १४ जना नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।
मन्त्रालयले फेसबुकमा जानकारी राख्दै उक्त कुराको पुष्टि गरेको हो ।
हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ बाट नेपालमा संक्रमण भएका व्यक्तिहरुको सङख्या ३० पुगेको छ । जसमध्ये १ जना निको भएर घर फर्केका छन् भने २९ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
आज मात्रै १४ जनामा कोरोना भाइरस लागेको नयाँ पुष्टी भएको छ ।
१४ जना मध्ये उदयपुर जिल्लाका १२ जना छन् भने चितवन जिल्लामा २ जना रहेका छन् ।
उदयपुर जिल्लाका सबै पुरुष उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय रहेको छ ।
चितवनमा आज कोरोना पुष्टि भएका नाताले आमा छोरा हुन् । उनीहरु गत चैत ३ गते बेलायतबाट कतार एयरवेजको विमानमार्फत काठमाडौं झरेका थिए ।
६३ वर्षीया आमा र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ का ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।
चितवनमा कोरोना संक्रमणको यो पहिलो केस हो । यसअघि चितवनमा कोरोना संक्रमित फेला परेका थिएनन् ।