
केटीएम दैनिक । १ बैशाख २०७७, काठमाडौं : १ हप्ताअघि कोरोना पोजेटिभ देखिएकी भारतीय अभिनेत्री जोया मोरानीले भारइसविरुद्धबको लडाइ जितेकी छिन् ।
भारतीय अभिनेत्री जोया मोरानी कोरोना भाइरसलाई जितेर निको भएकी हुन् ।
इन्स्टामा पाेष्ट गर्दै उनले निकाे भएकाे जानकारी दिएकी हुन् ।
https://www.instagram.com/p/B-36cGhjjY1/?utm_source=ig_embed
भारतीय अभिनेत्री जोया मोरानीलाई कोरोना भाइरसको सङ्क्रमणको पुष्टी भएको छ । भारतीय मिडियाका अनुसार कोरोनाको लक्षण देखिएपछि उनलाई अस्पताल लागिएको थियो ।
परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको हो । यति बेला उनको कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ । उनी मार्च १५ मा राजस्थानबाट फर्किएकी थिइन् ।
जोया फिल्म निर्माता करीम मोरानीकी छोरी हुन् । यस अघि उनकी बहिनी सजा मोरानीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनी श्रीलङ्काबाट फर्किएकी थिइन् । उनको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
साथै परिवारका सबै सदस्य क्वारेन्टाइनमा रहेको बुझिएको छ । उनीसँगै उनको बैनी र बुवामा पनि कोरोना संक्रमण देखिएको थियाे । उनीहरु चै अब चाडै डिस्चार्ज हुने बताइएको छ ।
जोयाले अलवेज कभी कभी, मस्तान,भाग जोनी लगायत केही वेब सिरिजमा अभिनय गरेकी छिन्।