कोरोनाभाइरसको प्रभाव छिमेकी मुलुक भारतमा पनि पर्न थालेको छ ।
मुम्बईमा कोरोना संक्रमित ६५ वर्षीय एक रोगीको उपचारका क्रममा मृत्यु भएको छ । मुम्बई बाहेक बिहारको पटनामा ३८ वर्षीय एक व्यक्ति पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउन बाध्य भएका छन् ।
यी दुई केससँगै भारतमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ ।
मुम्बईमा गत आइतवार कस्तुरबा गान्धी अस्पतालमा कोरोना पोजिटिभ पाइएका ६४ वर्षीय व्यक्तिको मृत्यु भएको थियो ।
पछि अर्का एक व्यक्तिलाई अन्य एक निजी अस्पतालमा बुधवार भर्ना गरिएको थियो । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटुरोगको समस्या पनि थियो । भर्ना भएकै बेलामा उनको स्थिति गम्भीर थियो र शुक्रवार राति उनले अन्तिम सास फेरेका हुन् ।