मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।
मुगुमा रहेका पत्रकार निरप्रेन्द्र बहादुर खड्काले दिएको जानकारी अनुसार २४ जनाको घटनास्थलमै निधन भएको हो भने ४ जनाको थप उपचारको लागि एयरलिफ्ट गर्न विमानस्थल पुर्याउँदै गर्दा निधन भएको हो ।
१४ जना घाइतेहरूको कोहलपुरमा रहेको बिगा अस्पतालमा उपचार भैरहेको छ तीमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
दशैँ मनाउँन घर आउने क्रममा अधिकांश विद्यार्थीले ज्यान गुमाएका छन् । उकालो मोडमा बसको अगाडिको टायर पञ्चर भएर बस दुर्घटना भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ४५ भन्दा बढी यात्रु सवार थिए । अधिकांश घाइते गम्भीर भएकाले र मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको बताइएको छ ।
ज्यान गुमाउनेको सङ्ख्या ३२ पुग्यो
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँ (सातमोड) मा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुने संख्या ३२ पुगेको छ। नेपालगन्जमा उपचारको क्रममा चारसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको गरेको भे १ ख ३१३६ नंम्बरको बस मंगलबार दिउँसो साढे १२ बजे दुर्घटना भएको हो। अन्य घाइतेहरुको नेपालगन्जमा उपचार भइरहेको छ।
बसको टायर पन्चड हुँदा बस सडकदेखि दुई सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी रोम महतले जानकारी दिए।