बडादसैँलाई लक्षित गर्दै भायानेटले ‘बडादसैँमा बडा स्पिड, बडा टिभी’ अफर ल्याएको छ ।
आफ्ना ग्राहकहरूलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरूका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभी मा भारी छुट दिनको उक्त अफर ल्याएको हो ।
यस अफर अन्तर्गत नयाँ तथा पुराना ग्राहकहरूले भायानेटको सुपर स्पिड इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथ–साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एन्ड्रोइड टिभी बण्डल गरेको छ । यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा २२% सम्म छुट पाउन सक्नेछन् ।
यस अफरको बारेमा थप जानकारी भायानेटको वेबसाइटबाट लिन सकिनेछ ।
चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले अहिले नै उक्त अफर ल्याएको मिडिया कोअर्डिनेटर रविन पाण्डेयले केटिएम दैनिकलाई बताए ।