अहिले सोह्र श्राद्ध अर्थात् पितृ पक्ष चलिरहेको छ। यस समयमा लोक र परलोकबिच सम्बन्ध जोडिन्छ भन्ने विश्वास छ । यसबारेमा गरुड पुराणमा उल्लेख गरिएको पाइन्छ।
पितृप्रति श्रद्धाभाव राखेर श्राद्ध गर्नु सन्ततिको कर्तव्य हुने शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ। श्राद्ध नगर्नाले धेरै खाले दुःख र कष्ट भोग्नुपर्ने भनेर शास्त्रमा वर्णन गरेको पाइन्छ।
शास्त्रमै वर्णन गरिएको छ कि जब कुनै व्यक्तिको मृत्यु हुन्छ, दाहकर्म (अन्तिम संस्कार) अगाडि पिण्ड र पानी अर्पण गर्नु पर्छ । पिण्ड दान भनेको दिवङ्गत व्यक्तिका लागि खान–पिनको व्यवस्था गर्नु सरह हो ।
तर जब दिवङ्गत व्यक्ति परलोक पुग्छन् त्यहाँ उनीहरूलाई खान–पिनको कुनै व्यवस्था गरिएको हुँदैन । यदि उनका सन्तानहरूले श्राद्ध गरेर पिण्ड अर्पण गरी अन्न–जल दिएनन् भने परलोकमा दिवङ्गत व्यक्तिले धेरै दुःख सहनु पर्छ ।
त्यसैले हरेक वर्षको आश्विनमामा (पितृ पक्ष)को बेला पितृहरू यो आशा लिएर पृथ्वी लोक आउँछन् कि हाम्रा सन्तानहरूले हामीलाई अन्न–पानी लिएर सन्तुष्ट गर्नेछन् ।
तर जो व्यक्ति पितृ हुँदैनन् भनेर उचित तिथिमा श्राद्ध गरेर पिण्ड दान (अन्न–पानी) दिँदैनन् उनीहरूसँग पितृहरू धेरै रिसाउँछन् । सन्तानले श्राद्ध नगर्दा पितृ धेरै रिसाउँछन् र आफ्ना सन्तानलाई श्राप दिएर पुनः परलोक फर्किन्छन् ।
गरुड पुराणमा यस्तो वर्णन गरिएको पाइन्छ कि जो पितृका सन्तानले श्राद्ध गरेर उनीहरूलाई पिण्ड दान दिँदैनन् उनीहरू आफ्ना सन्तानको रगत पिउन बाध्य हुन्छन् । त्यस कारण जुन परिवारले पितृको श्राद्ध गदैनन् , त्यो परिवारमा धेरै दुःख कष्ट आउँछन् ।
परिवारको ज्येष्ठ व्यक्तिले अनेक प्रकारका स्वास्थ्य सम्बन्धी समस्या भोग्नु पर्छ ।
मार्कण्डेय पुराणमा वर्णन गरिएको छ कि, जुन कुलमा श्राद्ध हुँदैन, त्यहाँ दीर्घायु, निरोग र वीर सन्तानको जन्म हुँदैन र परिवारमा कहिल्यै सुख र शान्ति हुँदैन ।