
वासिङ्टन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न भएका छन् ।
राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गरेका छन् ।
इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाइको लागि सम्झौतामा पुग्नु रहनेछ ।
आइतबार ट्रम्पले सम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताएका थिए ।
नेतान्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रूपमा सहयोग पुग्ने बताएका थिए ।
झन्डै दुई वर्षको युद्धपछि मानवीय संकटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेका छन् ।
यसअघि उनले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताएका थिए ।