नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कोइराला परिवारको विरासत फर्काउनका लागि तीन सन्तानले शनिबार ‘लञ्च मिटिङ’ गरेका छन्।
महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइराला र सोही पदमा दाबी गर्दै आएकी सुजाता कोइरालाको लञ्च मिटिङ भएको छ।
कोइराला परिवारबाट साझा सभापतिका उम्मेदवार तयार गर्नेगरी भएको छलफलमा तीन जना मध्ये एक जना उठ्ने निश्चित भएको छ।
सभापतिका लागि लामो समयसम्म पनि राजनीतिक अभ्यास जारी गरेका डा. शेखरका नाममा सहमति जुटाउने तयारी भएको बताइन्छ। यधपी डा. शेखरले सभापतिमा शेर बहादुर देउवालाई पराजित गराउन नसक्ने विश्लेषण पनि भइरहेकाे छ।
विपि पुत्र महामन्त्री डा. शशांक काेइराला उठदा मात्र देउवासँग टक्कर गर्न सकिन्छ भन्ने सुजाता र डा.शशांक विश्लेषण रहेकाे सुनिदै आएकाे छ। कांग्रेसका युवाहरूले भने डा. शेखरलाई रूचाएका छन्।
डा. शशांकले पनि सभापतिका लागि इच्छा देखाएका छन्। यद्यपि, संगठनात्मक रुपमा डा. शेखरले अभ्यास गरेका कारण मिलाउने कोशिस भइरहेको छ।
वीपी कोइराला पुत्र डा.शशांक, केशवपुत्र डा. शेखर र गिरीजापुत्री सुजाताबीच यसअघि नै एक जना सभापतिमा उठ्ने तय भएको थियो।
बिराटनगर पुगेर पनि यी तीन जना मध्ये एक जना सभापतिमा उठ्ने सहमति भएको थियो। अन्तिममा देउवा विरूद्व डा. शशांक वा डा. शेखर नै उम्मेद्वार बन्न सक्छन।
प्रधानमन्त्रीमा रामचन्द्र पाैडेल, सभामुखमा प्रकाशमान सिंह, राष्ट्रिय सभा अध्यक्ष,राष्ट्रपतिमा शिर्षदेता वीचमा भागवण्डा हुन सक्ने देखिन्छ।