कैलालीमा खोलामा बगेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिकाको – ६ की १८ वर्षीया आरती घर्तीमगरको बिहिबार दिउँसो खोलामा नुहाउने क्रममा बगेर मृत्यु भएको हो । खोलामा बगेर बेपत्ता भएकी किशोरीको बेपत्ता भएको ठाउँ भन्दा केहि तल शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखतीका प्रहरी निरीक्षक उमेर चन्दले केटिएम दैनिकलाई बताए । उनी सँगै खोलामा बगेकी सीता घर्तीमगरको भने उद्दार गरिएको हो ।