धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएकाे छ ।
नौबीसेबाट गल्छी जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उहाँका छोरा १० वर्षीय आर्यनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
छाेराकाे घटनास्थलमै र बाबुकाे उपचारका क्रममा काठमाण्डाैकाे ट्रमा सेन्टरमा ज्यान गएकाे हाे ।
यस्तै दुर्घटनामा मोटरसाइकल चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २० वर्षीय जीवन घर्ती घाइते रहेका छन् ।
उनकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएकाे छ ।