कैलाली, २९ बैशाख । कैलालीको गौरीगंगा नगरपालिका–९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आत्मह त्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
शङ्करपुरकी युवती लक्ष्मी देउवाको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो तथा फोटोहरु पठाई चरित्र ह त्या गरी आत्मह त्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालीका–७ का २३ वर्षीय सन्तराम चौधरीलाई प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
शनिबार युवती देउवाले धनगढी उपमहानगरपालीका–६ जालीस्थित सुकुटी नालामा घाँटीमा पासो लगाई आत्मह त्या गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले घटनामा संलग्न चौधरीलाई उक्त अश्लील भिडियो, फोटो र फेसबुक आइडी लगइन अवस्थामा मोबाइलमा फेला पारी प क्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।