दुईपाङ्ग्रे सवारी चलाउँदा अनिवार्यरुपमा लगाइने सुरक्षा कवच हो, हेल्मेट । विशेषतः मोटरसाईकल, स्कुटर, साईकलजस्ता दुईपाङ्ग्रे सवारीसाधनका चालकले सुरक्षाको लागि हेल्मेटको प्रयोग गर्छन् । जसलाई नेपालमा अनिवार्यसमेत गरिएको छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा पछिल्लो समय मोटरसाइकल चलाउँदा हेलमेटको प्रयोग गर्नेहरु कम हुँदै गएका छन् । मोटरसाइकल चलाउँदा अनिवार्य हेलमेट प्रयोग गर्नु पर्ने नियम भएपनि यहाँ हेलमेट बिना मोटरसाइकल चलाउनेहरू बढिरहेका हुन् ।