काठमाडौँमा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु भएको छ ।
जेठ २५ देखि २९ गते पहिलो खोप लगाएकाहरूलाई आज असार २२ देखि २४ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
भेरोसेलको दोस्रो डोज लगाउन नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा पुगेका नागरिकहरूको तस्बिरहरू केटिएम दैनिकका फोटो पत्रकारले क्यामेरामा कैद गरेका छन् ।
हेरौँ तस्बिरहरू