नेपाल कमर्श क्याम्पसमा आज पनि विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । नेबिसंघ, माधव नेपाल समूहको अनेरास्ववियु, अखिल क्रान्तिकारी सहितका ५ विद्यार्थी संघ संगठनहरूले ओलीको असंवैधानिक कदमको विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहररूले संसद् पुनर्स्थापना हुनुपर्ने, ओलीले राजीनामा दिनु पर्ने, पेट्रोलियम पदार्थ सहित अन्य दैनिक उपभोग्य बस्तुको बढेको मूल्य फिर्ता हुनु पर्ने लगायतका मागहरू राखेका छन् ।
प्रदर्शनको क्रममा प्रहरी संग झडप हुँदा नेपाल पक्ष अनेरास्ववियुकि महासचिव आरती लामा घाइते भएकी छिन् । यसै गरी नेपाल लाइभका फोटो पत्रकार निमेस राई समेत सामान्य घाइते भएका छन् । फोटो पत्रकार सरोज बस्नेतको प्रेस ज्याकेट आगोको लप्काले डढ्न पुगेको छ ।
विरोध प्रदर्शनकै क्रममा नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पस इकाईले आजै जडीबुटी पुलमा प्रम ओलीको पुत्ला दहन गर्दै मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्ध विद्यार्थी संघ संगठनहरूले देशव्यापी विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
हेरौं तस्विरहरू