पृथ्वीराजमार्ग खण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनामा कार्यरत एक जवानको मृत्यु भएको छ । पोखरा महानगरपालिका २४ घर भै झापाको ११ नम्बर बाहिनीमा कार्यरत २८ वर्षीय प्रदीप भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराबाट दमौली जाँदै गरेको भट्टराई सवार ग. १४ प ७२०१ नं को मोटरसाइकललाई विपरीत दिसाबाट आउँदै गरेको ना.७ ख ११६८ नं को कन्टेनरले सोमबार दिउँसो ठक्कर दिँदा घाइते भएका हुन् ।
घाईते सिपाहीको स्थानीय जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक डोलिन्द्रबहादुर हमालले जानकारी दिए ।
कार्यालयमा हाजिर हुनका लागि मोटरसाईकलबाट भट्टराई जाने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनाको अनुसन्धानको लागि चालक र कन्टेनरलाई नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ ।