मोरङको विराटनगर महानगरपालिका–३ मा सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएका चालकको अस्पताल पु¥याउनासाथ मृत्यु भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुनसरीको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडी चलाउँदै आएका चालक ३८ वर्षीय राजु ढकालको मृत्यु भएको हो ।
मङ्गलबार दिउँसो ३ बजेतिर आफैँले चलाउँदै आएको कार्यालयको उक्त गाडीभित्रै उनलाई बेहोस अवस्थामा फेला पारिएको थियो । स्थानीयले गाडीभित्र बेहास अवस्थामा चालकलाई देखेपछि प्रहरीलाई जानकारी गराएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार नोबेल मेडिकल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषण गरेका हुन् । झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको अवस्थामा गाडीभित्र चालक सिटमा सुतिरहेको अवस्थामा ढकाल भेटिएका थिए ।
घटनास्थल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवासको अगाडि पर्छ । उदयपुरको बेलका नगरपालिका–३ घर भएका चालक ढकाल विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकमा डेरा बस्थे । डेराबाट गाडी लिएर उनी बिहान १० बजेतिर आफ्ना कार्यालयका प्रमुखलाई लिन विराटनगरस्थित प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ जाँदै गरेको पाइएको प्रहरीले जनाएको छ ।