कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार गराईहेका ७७ वर्षीया कैदीबन्दीको निधन भएको छ ।
जुम्लाको तिला गाउँपालिका वडा नम्बर १ जुम्लाका ७७ वर्षका वृद्धको कोरोनाले गर्दा सोमबारका दिन ज्यान गएको हो । मृतक जिल्ला कारागार जुम्लामा करणी केसमा कैद भुक्तान गरिरहेका थिए ।
करणी केसमा कैदि जीवन भोगि रहनु भएका मृतक वृद्धलाई स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गतेका दिन प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । २२ र २३ गतेका दिन आसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्य नसुध्रिएपछि कोरोना संक्रमित वृद्धको ज्यान गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।
जुम्लामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । त्यस मध्ये जुम्लाका मात्रै ३ जनाले कोरोनाका कारण ज्यान गुमाई सकेका छन् । यो भन्दा पहिले हिमा गाउँपालिका ७ का ५७ वर्षिय पुरुष र गुठीचौर ३ का ७० वर्षिय महिलाको कोरोनाले गर्दा ज्यान गइ सकेको छ ।
जुम्लामा सोमबारसम्मको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या ५ सय ५ पुगेको छ । कोरोना संक्रमित २ सय ९१ जनालाई निको भएर घरफर्किएका छन्।