सरकार गठनका लागि दलहरुबीच दौडधुप हुँदा जसपाका शिर्ष नेताहरु भारतीय दुतावास छिरेका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महत्तो लैनचौर स्थीत भारतीय दुतावास छिरेका हुन् । सरकार गठनका लागि निर्णयक मानिएको जसपाका तीन नेता दुतावास जानुलाई महत्वका साथ हेरिएको छ । दुई नेता सरकार गठनमा आफ्नै नेतृत्व वा तथस्ट बस्ने तयारीमा छन् । यता जसपाका महन्थ ठाकुर निकट सांसदहरुलाई भने भक्तपुरस्थीर डोलेश्वर भिलेज पार्कमा राखिएको छ ।
जसपा सांसदको व्यवस्थापनमा एमाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा, सूर्यविनायक नगरपालिका ८ का वडा अध्यक्ष किरण थापालगायत एमाले नेता सक्रिय भएको स्रोतको दाबी छ ।
ठाकुर पक्षीय १३ सांसदलाई रिसोर्टमा राखिएको हो। पार्टी वरिष्ठ नेता राजेन्द्र महतो सांसदका लागि सम्पूर्ण व्यवस्थापन गरेर भारतीय दुतावास लैनचौर पुगेको स्रोतको दावी छ । ठाकुरले आफ्नो पक्षका १७ मध्ये १३ सांसदलाई मात्र रिसोर्टमा राख्न सकेका हुन्।
बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा पुर्याएका हुन् । जसपाका १५ सासंदले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा तटस्थ बसेका थिए । महन्थ ठाकुर पक्षका सासंदहरु नभएसम्म बहुमतको सरकार हुन सम्भव देखिएको छैन ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार बहमुतको सरकार बनाउनको लागि दिइएको समय आज साँझ ९ बजेसम्मको छ।
गठबन्धन सरकार निर्माण असफल भएमा संविधानको धारा २०७६ को उपधारा ३ को प्रक्रिया सुरु हुनेछ। जसअन्तर्गत ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा ओलीले नै प्रधानमन्त्रीको नेतृत्व गर्नेछन्। साेही तयारी स्वरुप भक्तपुर एमाले जसपा सांसदको व्यवस्थापनमा जुटेको देखिन्छ ।