दोस्रो चरणको कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवा नेता लालबहादुर कठायतको आज मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रम भइ थप उपचारका लागि कैलालीमा लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।