कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार संक्रमणमुक्त भएर घर फर्किएका छन् । बुधबार राति ८ बजे उनी नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
यस्तै उनीसँगै अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख हेको अस्पतालले जनाएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि आमा कोमलसँगै अस्पतालमा छन् ।
पूर्वराजा शाह चैत २६ गते पत्नी कोमल राज्यलक्ष्मी देवी शाहसँग तिर्थयात्राको लागि भारत गएका थिए । २ हप्ता भारतको तीर्थयात्रा सकेर नेपाल फर्किएपछि उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो।
प्रत्येक १२ वर्षमा एकचोटी लाग्ने महाकुम्भ भेलामा सहभागी भएर वैशाख ५ स्वदेश फर्कदा त्रिभुवन विमानस्थलमा उनलाई हजारौं समर्थकहरुले स्वागत गरेका थिए ।
स्वागतमा मास्क विना केही बालबालिकाहरुलाई समेत लगिएको भिडिओ समाचार केटिएम दैनिकमा प्रकाशित भएको थियो ।
हेरौं उक्त भिडिओ