संसदको विशेष अधिवेशन शुरु भएको छ । बैठक शुरु हुनासाथ सभामुखले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम पढेर सुनाएका छन् ।
आजको दोश्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रकृया शुरु हुने जानकारी पनि सभामुख अग्नीप्रसाद सापकोटाले दिएका छन् ।
अहिले १५ मिनेटको लागि बैठक स्थगित गरिएको छ । त्यसपछि हुने बैठकमा विश्वासको मतसम्बन्धि प्रस्तावमा मतदान हुनेछ ।