झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्यास सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयले झापाको समन्वयमा झापामा विभिन्न प्रहरी कार्यालयले गत बुधबारदेखि शनिबारसम्ममा १३३ वटा सिलिण्डर जम्मा पारेको हो ।
इलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काँकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन ग्यास सिलिण्डर जम्मा गरिएको प्रहरीले जनाएको हो ।
उक्त जम्मा पारिएको सिलिण्डरहरू रिफिल गर्नको लागि कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी कार्यालयहरूले आ–आफ्नो एरियामा पर्ने ग्यारेजहरू सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजीव ग्यारेजसँग समन्वय गरी सिलिण्डर जम्मा गरिएको प्रहरीले जनाएको छ ।
साथै उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकताअनुसार कोभिड अस्पतालहरूलाई आपूर्ति गर्ने व्यवस्था मिलाउनेसमेत प्रहरीले जनाएको छ ।