झापामा बुधवार कोरोना संक्रमणबाट ६ जनाको निधन भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दिएको जानकारी अनुशार मेचीनगर–६ का ५८ वर्षीया महिला, भद्रपुर–२ का ७० वर्षीय पुरुष, दमक–१ का ५६ वर्षीय पुरुष, दमक–२ का ६९ वर्षीय पुरुष, बिर्तामोड–५ का ७३ वर्षीय महिला र कनकाई–२ का ४८ वर्षीय पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा मृत्यु भएको हो ।
त्यसैगरी बुधवार १७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चैलागाईका अनुसार ७९ महिलासहित १७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।