दोस्रो चरणको कोरोना संक्रमण तिब्र रुपमा फैलिएपछि सुनसरी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आज एक सूचना जारी गर्दै बैशाख १७ गते (भोली) मध्यरातदेखि बैशाख २४ गते मध्यरातसम्म सुनसरी जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी भएको जनाएका छन् ।
सरकारले शहरी क्षेत्रमा सक्रिय संक्रमितको संख्या ५ सय र पहाडी क्षेत्रमा २ सय नाघेको खण्डमा निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ ।
अहिलेसम्म देशका एक दर्जन भन्दा बढी जिल्लाहरुले निषेधाज्ञा गरिसकेका छन् भने केही जिल्लाहरुमा निषेधाज्ञा हुने तयारी भैरहेको छ ।