काठमाडौँ । सनराइज बैंक लिमिटेडले ललितपुरस्थित महांकाल गाउँपालिका–६, ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क नपा–११, बनौली, सप्तरीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। सो दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७६ पुगेको छ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकले एटीएम कार्ड प्रयोग गरी निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीसमेत गर्न सक्नेछन्।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यसाथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।
बैंकले १३९ वटा शाखा, ७६ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
साथै, बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानमा पनि बैकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।