चैत्र महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डी पाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैते दसैँ विभिन्न ठाउँमा मनाइने गरिन्छ ।
तीमध्ये बागलुङ जिल्लाको देवस्थानमा मनाइने चैते दसैँको आफ्नै विशेष स्थान रहेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने गर्दछन् ।
असोजमा मनाइने दसैँलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैँलाई चैते दसैँ ।चैते दसैँ पर्वको अवसरमा देवी मन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिका पुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ ।
एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ ।हिन्दु धर्मालम्वीहरूले आज चैते दसैँ मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् ।
चैते दशैं विशेषगरी चन्द्रमास अनुशार चैतमा मनाइने गरिन्छ तर चन्द्रमास अनुशार वैशाखमा परेको छ । यो दिनमा विशेष विधिको प्रयोग गरेको खण्डमा जीवनमा अमुल्य परिवर्तन आउने योग छ । तसर्थ यो दिन केहि कार्य गर्नु आवश्यक रहेको छ ।
मा दुर्गालाई खुशी पार्न सुर्य उदाउनु भन्दा अगाडी उठेर नुहाएर पुजा कोठामा बसेर ९ जना देबीहरुको आराध्यना गर्नुहोस । यो दिन पान र ल्वाङ्ग राखेर दुर्गा सत्वसति ३ पटक पढ्नुहोस ।
बाँकी कुरा भिडियोमा हेर्नुहोस