२०७७ साल चैत्रशुक्लपक्ष वैशाख ०३ गते शुक्रवार चतुर्थी तिथि रोहिणी नक्षत्र चन्द्रमा वृष राशिमा ।
मेष आजको दिन तपाइको लागि त्यति राम्रो मान्न सकिँदैन, वादविवाद को समय रहेको छ बोल्दा बिचार पुर्याउन होला ,झुटा आरोपहरू लाग्ने हुँदा कामहरू गर्दा सतर्कता अपनाउनु होला ।
वृष आजको दिन तपाइको लागि सामान्य रहन्छ ,व्यक्तित्व को प्रभाव बढेर जानेछ मान सम्मान प्राप्त हुने छ , स्वस्थमा सामान्य समस्या देखा पर्नेछ ,
मिथुन : यस राशि भएका व्यक्तिहरूको लागि आजको दिन सबल रहेको छ ,सन्तान सुख प्राप्ति का योग रहेको छ , दिमागी शक्ति बढ्नेछ , दिमाग लगाएर गरेका कामहरू प्रशंसा योग्य हुने छन् ।
कर्कट : आजको दिन तपाइको लागि दुर्बल रहेको छ, मनमा अशान्ति हुने तथा घरपरिवारमा खटपट हुने जस्ता सम्भावनाहरू रहेका छन् आमाको स्वास्थ्य लाई लिएर समस्याहरू देखा पर्नेछ
सिंह तः दाजु भाइ दिदी बहिनी को सम्बन्धमा सुमधुरता रहने छ आर्थिक कारोबार गर्दा सतर्कता अपनाउनु होला, मुद्धामामिला का कुराहरू छन् भने त्यसले जटिलता थप्न सक्ने छ
कन्या तः बोलीको प्रभाव बढ्ने छ ,सामान्य स्वास्थ्य समस्याले भने सताउन सक्ने छ सतर्कता अपनाउनु होला ,आफन्तहरू स“ग को सम्बन्ध राम्रो भएर जाने छ,
तुला तः मान सम्मानमा वृद्धि हुनेछ, यसै गरी वैदेशिक यात्राका अवसरहरू प्राप्त गर्ने योग रहेको छ , यस्तै भाग्यमा रोकिएका कामहरू बन्ने समय रहेको छ , शत्रु वृद्धि को कारणले काममा बाधा अवरोधहरू नआउला भन्न सकिन्न।
वृश्चिक तः समय दुर्बल रहेको देखिन्छ पानीमा भय हुने जस्तो योग देखिन्छ त्यस कारण सानिमा सतर्कता अपनाउनु होला , यसै गरी छाला सम्बन्धी रोगहरूले पनि सताउन सक्ने छ
धनु तः आजको दिन तपाइको लागि राम्रो मान्न सकिन्न, कसैसँग ठगिने योग भएको कारणले बिचार पुराएर आर्थिक कारोबार गर्नुहोला, त्यस्तै विपरीत राजयोग परेको हुनाले नसोचिएको आर्थिक लाभ हुने समय रहेको छ ।
मकर : यो राशि भएका व्यक्तिहरूको लागि आजको दिन सामान्य रहेको छ , काममा पदोन्नति हुने तथा नयाँ कामहरू बन्ने सम्भावना रहेको छ ,भाग्यमा वृद्धि भएर कतै फसेका धनहर आर्जन हुने
कुम्भ तः यस राशि भएका व्यक्ति हर्को लागि आज सामान्य नै छ , वैदेशिक यात्राको समय रहेको छ ,आफन्त हसुर“ग मिलेर गरेको कार्यमा सफलता प्राप्त हुने छ यसै गरी चोटपटक को सम्भावना रहेकाले सतर्कता अपनाउनु होला ।
मीन आजको दिन त्यति राम्रो मान्न सकिँदैन , चोटपटक को सम्भावना रहेको छ , चिसो ठाउँ“बाट सर्त रहनु होला , स्वास्थ्य सम्बन्धी अन्य समस्याहरू आउन सक्ने छन्, आर्थिक कारोबार गर्दा सर्त रहनु होला , भाग्य कमजोर रहेको छ ।