देशका विभिन्न भागबाट हराएका २६ मोटरसाइकल आज काठमाडौंमा सम्वन्धित धनिलाई हस्तान्तरण गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले आज एक कार्यक्रमको आयोजना गरेर चोरिएका २६ थान मोटरसाइकल र स्कुटरहरु सम्बन्धित धनिलाइ दिएकाे हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले देशका विभिन्न भागबाट चोरी गरि विभिन्न स्थानमा छाडिएको उक्त मोटरसाइकल सम्बन्धित धनिलाई हस्तान्तरण गरिएका बताए ।
चोर सहित पक्राउ गरिएको मोटरसाइकल भने सम्बन्धित बृतहरुमा मुद्दा चलिरहेको र मुद्दाको किनारा लाग्ने बितिक्कै हस्तान्तरण गरिने एसएसपी भट्टराईले जानकारी दिए । कार्यक्रममा हराएका मोटरसाइकल खोजतलास गर्ने उत्कृष्ट प्रहरी कर्मचारी प्रहरी सहायक निरीक्षक धन बहादुर क्षेत्रीलाई पुरस्कृत गरिएको थियो ।