यातायात व्यवस्था कार्यालय सेतीले २०७४ भदौ १ गतेदेखि वितरण कार्य सुरु गरेको सवारी चालक अनुमतिपत्र स्मार्ट लाइसेन्स वितरण कार्य सुस्त देखिएको छ । कार्यालयले स्मार्ट लाइसेन्स वितरण गर्न सुरु गरेको तीन वर्ष बिती सक्दा पनि अहिलेसम्म आधाभन्दा बढी सेवाग्राहीले चालक अनुमति पत्र लाइसेन्स पाउन सकेका छैन ।
स्मार्ट लाइसेन्सका लागि टाढा टाढाबाट आउने सेवाग्राहीलाई भने झनै समस्या भएको छ । लम्की चुवानगरपालिका वडा नम्बर ४ बलीयाबाट स्मार्ट लाइसेन्सका लागी १२ सय खर्च गरेर आए पनि लाइसेन्स नपाएको शकर चौधरीले बताए ।
यातायात कार्यालयले दुई महिनापछि आउनु भने पनि लाइसेन्स पाई आसा नरहे पनि उनले भने अझै कति पटकसम्म आउनु पर्ने हो । तर दुई वर्ष बिती सक्दा पनि स्मार्ट लाइसेन्स नपाएको लाइसेन्स लिन आउनेहरू बत्ताउँछन् ।
लाइसेन्स दिने बेला सुरुमा छ–सात महिना पछि पाइने भने पनि अहिलेसम्म लाइसेन्स नपाएको धनगढी ८ का शिवप्रसाद चौधरीले बताए ।समयमै लाइसेन्स नपाउँदा सवारी साधन चलाउन समेत समस्या हुने गरेको उनले जानकारी दिए ।
सात महिना पुग्दा पनि अहिलेसम्म स्मार्ट लाइसेन्स नपाएको अर्का लाइसेन्स लिन गएका विशाल विष्टले बताए । ‘दुई पटकसम्म लाइसेन्स लिन आउँदा पनि यातायात कार्यालयले भने दुई–तीन महिना पछि आउँछ भन्छन् ।उनले भने ’लाइसेन्स लिन आए पनि लाइसेन्स अहिले सम्म नपाएको दुखेसो गरे ।
यातायात व्यवस्था कार्यालय सेतीमा हालसम्म ४७ हजार १ सय ९१ लाइसेन्स छापिएर आएका छन् । जसमा ४३ हजार ९ सय ९१ जतिले स्मार्ट लाइसेन्स पाएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । सवारी धनीले अझै ३ हजार २ सय जति लाइसेन्स लैजान बाँकी रहेका छन् । करिब १५ हजार स्मार्ट लाइसेन्स आउन बाँकी रहेको यातायात व्यवस्था कार्यालय सेतीका निमित्त प्रमुख श्याम प्रसाद जोशीले बताए ।
‘हामीले विभागमा बुझ्दा खेरी छापने मेसिन काडमाडौंमा मात्रै छ,‘उनले भने देश भरिको लाइसेन्स छाप्नु पर्दा अलि ढिलो ढिलो नै आउँछ ।’ ‘आउन बाँकी रहेको लाइसेन्स वैशाख मसान्त सम्म आउँछ । उनले भने’