काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित पर्यटकीय क्षेत्र दिङबुचेमा हिमपात भएको छ। मौसममा अचानक आएको परिवर्तनसँगै उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण दिङबुचे क्षेत्रको जनजीवन प्रभावित भएको छ। हिमपातसँगै तापक्रम घट्दा अत्यधिक चिसो बढेको छ।
हिमपातपछि दिङबुचेका घर, डाँडाकाँडा तथा सडक हिउँले सेताम्मे भएका छन्। हिमपातका कारण स्थानीय बासिन्दा तथा पर्यटकलाई आवतजावतमा समेत कठिनाइ भएको छ।