काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल नहुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगितालाई विश्राम दिएको हो।
प्रतियोगिताअन्तर्गत शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई खेल सञ्चालन हुनेछन्।
शनिबारको पहिलो खेलमा दिउँसो १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्।
विश्रामपछि शनिबार हुने दुवै खेलमा टोलीहरू जितको लक्ष्यसहित मैदान उत्रनेछन्।