नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली हो, लुम्बिनी लायन्स । यो टीमले एनपीएलको दोस्रो संस्करण २०८२ जितेको थियो ।
एनपीएलमा ८ वटा टीम रहेका छन् । जसमा लुम्बिनी लायन्ससँगै जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज र विराजटनगर किंग्स र पोखरा एभेन्जर्स रहेका छन् । यी टीमहरूले नेपालका प्रत्येक प्रदेशको प्रतिनिधित्व गर्छन् । बागमती प्रदेशबाट भने काठमाडौं गोर्खाज र चितवन राइनोज गरी दुईवटा टीम रहेका छन् ।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेर ट्रफी जितेको थियो ।
लुम्बिनी लायन्स एनपीएलको पहिलो सिजनमा आठौं स्थान अर्थात् सबैभन्दा कमजोर टोली थियो भने दोस्रो सिजनमा विजेता बन्यो। यो टोलीको नारा यस्तो छ- ‘हामी लुम्बिनी लायन्स हौँ-नेपालको शान !’
- अध्यक्ष- ईश्वर जीसी
- मुख्य प्रशिक्षक- टिनु योहान्नान
खेलाडीहरू : रोहित पौडेल - मार्की प्लेयर तथा क्याप्टेन (ब्याटिङ अलराउन्डर) सुन्दिप जोरा - ब्याट्सम्यान आकाश त्रिपाठी - ब्याट्सम्यान आसिफ शेख - विकेट किपर/ब्याट्सम्यान दिलिप नाथ - विकेट किपर/ब्याट्सम्यान निरोशन डिक्वेला - विकेट किपर/ब्याट्सम्यान दुर्गेश थापा - अलराउन्डर शेर मल्ल - अलराउन्डर डार्सी शर्ट - ब्याटिङ अलराउन्डर तिलक भण्डारी - बलर अभिशेष गौतम - बलर दिनेश अधिकारी - बलर रुबेन ट्रम्पलम्यान - बलर किशोर महतो - बलर अरनिको यादव - बलर अजय गौतम - बलर