काठमाडौँ । देशमा हाल पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने पहाडी तथा तराई भूभागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।