काठमाडौं । सरकारले ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रमअन्तर्गत असोज महिनाको पहिलो पाक्षिक पुरस्कारका विजेता घोषणा गरेको छ।
आन्तरिक राजस्व विभागले शुक्रबार एक कार्यक्रमबीच १५ जना पाक्षिक र एक जना बम्पर विजेता गरी १६ जनाको नाम घोषणा गरेको हो। पाक्षिक पुरस्कारतर्फ १५ जनाले जनही १ लाख रुपैयाँ र बम्पर विजेताले १० लाख रुपैयाँ प्राप्त गरेका छन्।
विभागका अनुसार नेपाल पेट्रो ल्युब प्रालिबाट २१ हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकले बम्पर पुरस्कार जितेका हुन्। कुपन नम्बर ०७३११०२०२५०१ का ग्राहक बम्पर पुरस्कारका विजेता बनेका हुन्।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको हो।