काठमाडौँ । युरोपमा डिजेलको औसत मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । युरोपेली आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार डिजेलको औसत मूल्य प्रतिलिटर २.२४ युरो पुगेको हो ।
यो मूल्य करिब २.५३ अमेरिकी डलर बराबर हुन्छ । इन्धन आपूर्तिमा देखिएको समस्या र अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका कारण युरोपेली मुलुकमा डिजेलको मूल्य निरन्तर उकालो लागेको आयोगको तथ्यांकले देखाएको छ ।
इन्धन आपूर्तिमा आएको अवरोधको प्रत्यक्ष असर युरोपेली एयरलाइन्सहरूमा समेत परेको छ । इन्धनको लागत बढेसँगै एयरलाइन्सहरूले सञ्चालन खर्चमा थप दबाब सामना गरिरहेका छन् ।
इरानमाथि अमेरिका–इजरायलको युद्ध सुरु भएपछि इन्धन आपूर्ति प्रभावित हुनुका साथै प्रशोधन प्रक्रियामा समेत अवरोध आएको बताइएको छ । त्यसको प्रभावस्वरूप पेट्रोल र डिजेलको मूल्य तीव्र रूपमा बढेको हो ।