डोल्पा । नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको जहाज बिहीबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेको छ। एन–एजेएच कलसाइन रहेको जहाजको पछाडिपट्टि दायाँतर्फको टायर फुस्किएपछि धावनमार्गमै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
बिहीबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा भएको उक्त दुर्घटनाका बेला जहाजमा सात जना विदेशी नागरिकसहित १३ जना यात्रु सवार थिए। दुर्घटनामा यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल गिरीले जानकारी दिएका छन्।
जहाज धावनमार्गमै रोकिएका कारण जुफाल विमानस्थलमा अन्य जहाजको अवतरण तथा उडान सेवा अवरुद्ध भएको छ।