काठमाडौं । सुनको मूल्य पुनः ३ लाख रुपैयाँभन्दा तल झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
बुधबारको तुलनामा सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ थियो ।
यसअनुसार चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेको हो ।