काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै छन् ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान १० बजे सचिवालय बैठक बस्नेछ भने ललितपुरस्थित एक पार्टी प्यालेसमा मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक आयोजना गरिएको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
उनका अनुसार सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझाव समेट्ने विषयमा छलफल हुनेछ । बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनलगायतका विषयमा समेत छलफल हुने उनले बताए ।
सचिवालय बैठक सम्पन्न भएपछि केन्द्रीय कमिटी बैठक सुरु हुनेछ ।
गत असोज ५ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक आज सम्पन्न हुने कार्यक्रम रहेको छ ।