काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।