वीरगञ्ज– सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाइराखेका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्टस् बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए।
त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित एक गोठमा लुकाइराखेको अवस्थामा १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरका कपडा बरामद गरिएको हो।
बरामद गरिएका मोबाइल पार्टस् र कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।