काठमाडौं- प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड-नेपाल पक्षका सांसदहरूले उठेर विरोध जनाएका छन् ।
सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्दा बढी समय लाग्न सक्ने भन्दै बोल्न सुरु गरेका छन् ।
रावलले दिवंगत सांसद एवं पूर्व सांसदहरुलाई शोक प्रस्ताव पारित गर्ने बाहेकका कार्यसूची नराख्न माग गरेका छन् ।
रावलले बोल्दै गर्दा ओली पक्षका सांसदहरुले नियमापत्ति गरेका छन् ।
माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार गरेको छ ।
मन्त्रिपरिषद् हेरफेर सम्बन्धी पत्र वाचन गर्न लागेकोप्रति असहमति जनाउँदै बैठक बहिष्कार गरिएको हो । सभामुखले भने बैठक सञ्चालन गरिरहेका छन् ।
नेता भीम रावलले सर्वोच्चको पछिल्लो फैसलापछि सरकारको अवस्था स्पष्ट नभएको भन्दै अन्य कार्यसूची राखेको प्रति नियमापत्ति जनाएका थिए । सभामुख अग्नि सापकोटाले रावलको विमत्ति दर्ज भएको भन्दै आफूले बैठक अघि बढाएका हुन् ।