काठमाडौं । प्रधानमन्त्री बालेन शाहले जेनजी दिवसका अवसरमा प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री शाहले जेनजी आन्दोलनका सहिदहरूलाई स्मरण गर्दै मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘प्रिय Gen Z, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।’