जनकपुरधाम। जनकपुरमा स्थिति नियन्त्रणबाहिर जाने जोखिमसँगै धनुषाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय पछि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले दिउँसो साढे ३ बजेबाट लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका छन् ।
आदेश उत्तरतर्फ लक्ष्मीनियाँ गाउँपालिका ७ को हाटबजार चोकदेखि (लक्ष्मीनियाँ गाउँपालिका- ७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पुर्वमा बगेवासम्म, पूर्वतर्फ बेलौनी रोड–एक, क्यू, स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प शहुलाकी सडक देखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणमा नगराइन नगरपालिकादेखि नगराइन चोक सम्म भने पश्चिम दिसमा सिनुरजोडा–सोहनी, मनिमण्डप–नेपाल नर्सरी इस्कोन जनकपुर–दुधमतीपुल, बेला, कादरी मस्जिदसम्म लागू गरिएको छ ।
प्रशासनले कफ्र्यु अवधिभर अत्यावश्यक सेवाबाहेक कुनै पनि व्यक्ति, सवारीसाधन वा समूहलाई तोकिएको क्षेत्रमा आवतजावत नगर्न निर्देशन दिएको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन तथा प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ।
