घरमा बोटबिरुवा लगाउनाले हरियाली त हुन्छ नै साथसाथै परिवारको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ । तर घरमा कस्ता बोटबिरुवा हरु मात्र लागाउन पर्दछ भन्ने कुरामा भने जानकारी हुनु आवश्यक हुन्छ । आज हामी वास्तु शास्त्रको हिसाबले घरमा कस्तो बिरुवा लगाउन सकिन्छ भन्ने बारेमा तपाईहरुलाई जानकारी दिनेछौँ ।
१)लिलिको बिरुवाः
लिलिको बारेमा त तपाईहरुलाई थाहा नै छ होला, यसलाइ घरमा राख्नु अत्यन्त राम्रो र शुभ मानिन्छ यसले घरमा शान्ति को माहोल बानाउँछ यसैले यो बिरुवालाइ बैठक कोठमा वा ध्यान गर्ने कोठामा राख्नु उचित मान्निछ ।
२)बाम्बु को बिरुवाः
हरियो रगंको यो बिरुवालाई रातो धागोले बाँधेर घर वा अफिसमा राख्न् उचित मानिन्छ , यसले आर्थिक स्थिति बलियो बनाउनुको साथसाथै परिवारको सदस्यको आयुमा बृद्धि हुन्छ, यो बिरुवा जुन गमलामा वा डालिमा लगाउनु हुन्छ त्यसमा पानी या ढुँगा राख्न नर्बिसिनुहोला ।
३)रबर प्लान्टसः
यो बिरुवा लाइ त्यस ठाउँमा राख्नु उचित मानिन्छ जहाँ धन सम्पति राखिन्छ , यो बिरुवालाइ धन बृद्धि को प्रतिक मानिन्छ यसैले यसलाई व्यावसाय लगानी गरेको ठाउँमा या अफिसमा राख्नु उचित मानिन्छ ।
४)जेड प्लान्टसः
बिरुवालाइ पनि एकदमै शुभ बिरुवा मानिन्छ यसलाइ कार्यस्थलमा राख्नाले धन लाभ हुनुको साथसाथै सुख र समृद्धि पनि प्राप्त हुन्छ, यो बिरुवालाई ढोकाको छेउमा लगाउनु राम्रो मानिन्छ तर यो बिरुवा एक मिटर भन्दा लामो हुनुहुदैन ।
५)चाइनिज फुलः
फेंगशुई को अनुसार चाइनिज फुल नयाँ सुरुवात को प्रतिक मानिन्छ यसलाई घरमा लगाउनाले सुख समृद्धि प्राप्त हुन्छ , खासगरी यो बिरुवाले बैबाहिक जिवनमा खुसियाली ल्याँउछ त्यसैले यसलाई घरको बैठक कोठामा या किचनमा लगाउनु राम्रो मानिन्छ ।
६) तुलसी :
तपाईको घरमा कुनै पनि नकारात्मक उर्जा छ भने यो बिरुवाले उक्त उर्जा हटाइ सकारात्मक उर्जा दिन्छ । बैज्ञानिक हिसाबले पनि तुलसीलाई अक्सिजनको स्रोत मानिन्छ त्यसैले यो बिरुवा घरको लागि अत्यन्त शुभ मानिन्छ ।