बालुवाटारमा प्रदर्शन गर्ने २६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री-मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति विरुद्ध मानव अधिकार तथा शान्ति समाजले आज प्रधानमन्त्री निवास वालुवाटार अगाडी गरेको प्रदर्शनमा सहभागीलाई पक्राउ गरेको हो ।
प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई गिरफ्तार गरेको शान्ति समाजले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विरोधमा संलग्न प्रदर्शनकारीहरूले हातमा कालाे पट्टी बाधेका थिए।
‘ओली सरकारले राज्य संयन्त्रकाे दुरुपयोग बन्द गर्नु पर्छ’, ‘ओली सरकार किर्ते बन्द गर’, ‘ओली सरकारले अदालतलाई प्रभाव पार्ने दुश्प्रयास बन्द गर’, ‘ओलीकाे आपत्तिजनक बाेली बन्द गर’ लगायतका नारा लेखिएकाे प्लेकार्ड प्रदर्शनकारीहरूले बाेकेका छन्।