पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कम्यूनिष्ट सरकारको पालामा जनतालाई गुमराहमा राख्ने प्रयास भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस रम्भा गाउँपालिका पाल्पाद्धारा सरकारको विरुद्धमा आयोजित बिरोध सभामा बोल्दै यस्तो बताएका हुन् ।
जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधान माथि नै ‘कु’ गरेको आरोप लगाए । लामो समयसम्म जनताले संघर्ष गरेर प्राप्त गरेको उपलव्धीलाई लत्याउनु भनेको प्रधानमन्त्री ओेली अहिलेको व्यवस्था विरोधी भएको उनले दावी गरे ।
उनले मुलुकलाई संकट तर्फ धकेलेर भारतिय मिडियालाई अन्तरवार्ता दिइ राष्ट्रवादी बन्ने उनको चाहाना नेपाली जनताले अब पुरा हुन नदिने बताए । स्वतन्त्र न्यायलय अदालतलाई समेत प्रभावित हुनेगरेर सार्वजनिक रुपमा जथाभावि धम्कीपूर्ण तवरले बोल्नु उनको तानाशाहको उपज भएको बताए ।
उनले भने ‘संविधान नेपाली कांग्रेस नेतृत्वको सरकारले बनाएको हो, यसको रक्षार्थ पनि कांग्रेसले नै गर्छ ।’ त्यसैले कांग्रेसले सडकबाट नै विगठित संसद पूनःस्थापित गरिछाड्नेछौं ।
जोशीले आगामी बैशाखमा ओलीले निर्वाचन गराउछु भन्नु हास्यास्पद भएको समेत टिपन्नी गरे । चुनाव भइहालेको खण्डमा पनि कांग्रेस निर्वाचनसँग नडराउने उनको जिकिर थियो ।
उनले आधिकारीक रुपमा नेकपा विभाजन नभएपनि कम्युनिष्टहरुको नांगो नाच देखेर जनतामा निराषा छाएको बताए ।