काठमाडौंबाट पर्वत जाँदै गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरिएको छ ।
पालुङटारको आँप पिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।
मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको गोरखाका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
तस्बिर – अर्जुन जोशीको फेसबुकबाट