काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ ।
काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो नयाँ भूकम्प नभएर पुरानै भूकम्पको पराकम्प भएको बताइएको छ ।
परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
र यो भिडियो पनि हेर्नुहोस्
रेसलरले मैदान नपुग्दै बेल्ट खोसेजस्तो नगरौं । चुनावबाट जितेर आउनुहोस् प्रधानमन्त्री केपी शर्मा ओली